पूरक प्रस्तावसहित अनुमोदन गर्ने समझदारी
ekantipur.com · Sun Feb 27 01:07:44 GMT 2022
काठमाडौँ — सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका छन् । माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्बाट पारित गर्न उनीहरू सहमत भएका छन् । कुनै नाटकीय मोड नआएमा दुई वाम दलको आन्तरिक बैठकपछि आइतबार यो विषयमा गठबन्धनमा औपचारिक सहमति हुनेछ ।
शनिबार राति अबेरसम्म बालुवाटारमा भएको छलफलमा साझेदार दल ‘वैकल्पिक प्रस्ताव’ मा तयार भएका हुन् । प्रतिनिधिसभामा पेस भएको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावसँगै पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्ने नेताहरूको दाबी छ । पूरक प्रस्तावलाई अन्तिम रूप दिन नेता तथा कानुन विज्ञहरूले गृहकार्य गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)