२ हजार क्विन्टल चामल विक्री वितरणमा रोक
abhiyandaily.com
वीरेन्द्रनगर (अस) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा राखिएको करीब २ हजार क्विन्टल चामल विक्री वितरणमा रोक लगाइएको छ । कम्पनीको गोदाममा राखिएको १ हजार ९७५ क्विन्टल बासमती चामल बेच्न रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए ।
जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले असोज ६ गते कम्पनीको वीरेन्द्रनगर–६ सुर्खेतमामा रहेको प्रादेशिक गोदाममा अनुगमन गरी उक्त परिमाणको चामल विक्रीमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)