कीर्तिमानले भरिएको शतक
ekantipur.com · Sat Mar 26 00:32:55 GMT 2022
काठमाडौँ — रोहित पौडेलले अर्धशतक पूरा गर्दा जसरी खुसी मनाए, उनमा त्यो खुसी शतक पार गर्दा देखिएन । किनकि पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई जित दिलाएपछि मात्र पूर्ण खुसी मनाउने दाउमा थिए उनी । तर पनि यो खेलमा रोहितले कीर्तिमानले भरिएको इतिहास रचे ।
एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउनु नेपाल ब्याट्सम्यानका लागि चानचुने सफलता होइन । रोहित एक दिवसीयमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बने । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता पूर्वकप्तान पारस खड्काले मात्र नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । जतिबेला नेपालले २५५ रनको लक्ष्य पछ्याइरहँदा पारसले यूएईविरुद्ध दुबईमा शतकीय इनिङ्स खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)