मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मर्स्याङ्दी किनारमा भेटियाे बालिकाको शव

annapurnapost.com · Wed Jan 25 01:22:00 GMT 2023

बेंसीसहर : लमजुङको बेंसीसहरस्थित मर्स्याङ्दी नदीको पुलमुनि एक बालिकाको शव फेला परेको छ। बेंसीसहर नगरपालिका वडा नम्बर ८ र १० को बाँझाखेत जोड्ने पुल नजिकै करिब ८/९ वर्षीय बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।

रेग्मीकाअनुसार मृत अवस्थामा फेला परेकी बालिका बाँकेको वैद्यनाथ गाउँपालिका-६ माखोला स्थायी ठेगाना भएकी युजिमा बुढाथोकी हुन्। उनी हाल बेसीशहर नगरपालिका -६ चनौटे स्थित मामाघरमा बसोबास गर्दै आएकी थिइन। बालिका र उनका भाइ मामाघरमा बस्दै आएको चनौटेका बासिन्दाले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)