नेपालको जनसाङ्ख्यिक संक्रमण : अब चुनौती जनसङ्ख्या होइन, जनशक्ति हो
onlinekhabar.com · Mon Jun 29 03:11:44 GMT 2026

सन् १७९८ मा बेलायती अर्थशास्त्री थोमस रोबर्ट माल्थसले प्रकाशित गरेको ‘एन एसे अन द प्रिन्सिपल अफ पपुलेसन’ ले विश्वव्यापी विकास बहसमाथि गहिरो प्रभाव पारेको थियो। माल्थसको तर्क थियो- जनसङ्ख्या ज्यामितीय दरमा बढ्छ भने खाद्य उत्पादन अंकगणितीय दरमा मात्र बढ्छ।
यदि जनसङ्ख्याको वृद्धिलाई नियन्त्रण गर्न सकिएन भने अन्ततः भोकमरी, रोग, युद्ध र गरिबीले मानव समाजलाई नियन्त्रण गर्नेछन्। त्यसबेलाको युरोपेली समाजमा तीव्र जनसङ्ख्या वृद्धिले सिर्जना गरेको दबाबलाई हेर्दा माल्थसको चिन्ता स्वाभाविक थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)