मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुद्रास्फिति नियन्त्रण गर्न कसले सक्छ ?

rajdhanidaily.com · Sat Dec 16 22:58:14 GMT 2023

सरकार हाम्रो अभिभावक हो भन्ने खतरनाक मान्यताबाट हामी ग्रसित छौं भन्ने कुरा त मेरा पछिल्ला लेखमा प्रस्ट पारेकै छु । आज त्यसैको प्रभावस्वरूप उत्पन्न एउटा अर्को विषालु भाष्यमा सबैको ध्यानाकर्षण गर्ने कोसिस गर्छु । आजको हाम्रो विषय लगातारको महँगी अर्थात् मुद्रास्फिति र यस ’round घुमेको भाष्य रहेको छ । हामी महँगीपीडित महसुस गर्छौं । विभिन्न आर्थिक र गैरआर्थिक कारणले गर्दा विगतका केही वर्षमा संसारभरि नै मुद्रास्फिति झन् तीव्र भएको छ । नेपालमा मुद्रास्फिति ८ प्रतिशतको हाराहारी रहेको निकै समय भइसकेको छ । औसतमा यही दर कायम रहने हो भने वस्तु र सेवाको मूल्य १० वर्षभन्दा कम समयमा दोब्बर हुन्छ । आममानिसलाई र अझ विशेष गरेर न्यून आय हुनेलाई यसको चर्को प्रभाव पर्नु स्वाभाविक हो । झन् खाद्यान्न जस्ता वस्तुको मूल्य वृद्धि तीव्र हुँदा वचत कम भएका यो आर्थिक समूहका मानस बढी प्रभावित हुन्छन् नै । सरकारले यस्तो मूल्य नियन्त्रण गर्नुपर्ने आवाज चर्को रूपमा उठ्ने गरेको छ । अझ मूल्यवृद्धिको सम्पूर्ण दोष व्यापारीलाई दिने काम त आमरूपमा भएको छ । तर, हामीले मूल्य कसरी निर्धारण हुन्छ ? मूल्य वृद्धि किन हुन्छ ? मूल्य बढाउँदा बिक्रेतालाई फाइदा कसरी सुनिश्चित हुन सक्छ ? हामीले प्रयोग गर्ने वस्तु र सेवाको मूल्य कहाँबाट निर्देशित हुन्छ ? सरकारले मूल्य नियन्त्रण खासमा गर्ने चाहिं कसरी हो ? यस्ता प्रश्नमा गहिरिएर कति सोच्ने गरेका छौं ? यस्तै प्रश्नको उत्तर आज खोज्ने प्रयास गरौं ।

कुनै पनि वस्तुको मूल्य कसरी निर्धारण हुन्छ त भन्नेमा हामीकहाँ मूलतः गलत (कम्तीमा अपूर्ण) सावित भइसकेको माक्सवादी भाष्यको दबदबा छ । यो धारणाअनुसार उत्पादित वस्तुको मूल्य अन्ततः त्यसमा प्रयोग भएको कुल श्रमको मात्रामा नाफा जोडेर निर्धारण हुने गर्दछ । यस धारणा अनुसार कुनै वस्तु उत्पादन हुनासाथ, त्यसको मूल्य निर्धारण हुन्छ । जति बढी श्रम (उत्पादन लागत) प्रयोग भयो त्यति महँगो हुन्छ, जति बढी नाफाको मात्रा भयो त्यति उच्च मूल्य हुन्छ । तर, वास्तवमा वस्तुको मूल्य उत्पादन लागतमा मात्र भर पर्दैन । उत्पादन लागत उच्च हुँदा पनि मूल्य न्युन हुन सक्छ । उदाहरणका लागि कसैले निकै मेहेनत र समय लगाएर कुनै पुस्तक लेख्न सक्छ वा कुनै फर्निचर बनाउन सक्छ, तर बजारमा कसैले पनि खरिद गर्न मन नपराएको खण्डमा त्यसको वास्तविक मूल्य शुन्य नै हुन्छ । त्यसैगरी कसैले थोरै मेहेनत गरेर पनि मानिसहरूले मन पराउने सामान बनाउन सक्छ, जस्को मूल्य उच्च हुन सक्छ । वस्तुको उपयोगिताले मात्र पनि वस्तुको मूल्य निर्धारण गर्दैन । कसैले भविष्यवाणी गर्ने कला वरदानका रूपमा पाएको हुन सक्छ, तर त्यसको माग उच्च हुँदा उसले दिने सेवाको मूल्य उच्च हुन जान्छ । त्यसैले कुनै पनि वस्तु तथा सेवाको मूल्य भनेको उत्पादन लागत र उक्त वस्तुको मागले संयुक्त रूपमा निर्धारण गर्दछ । आफूले निकै मेहेनत गरेकोले वा धेरै मुनाफा राखेकाले मात्र बढी मूल्य हुन्छ भन्ने तर्क अर्थशास्त्रको कखरा सँग मेल खाँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)