मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

अर्घाखाँचीको लोकप्रिय भैरव नाँच काठमाडौंमा नाँच्ने

rajdhanidaily.com · Tue Nov 07 23:29:15 GMT 2023

अर्घाखाँची । अर्घाखाँचीको नेवार समुदायको लोकप्रिय भैरव नाँच काठमाडौं महानगरपालिका वडा नम्बर २४ हनुमानढोका बसन्तपुरमा (काल भैरव अगाडी) यही कार्तिक २२ गते बुधबार साँझ ५ बजेदेखि नाच्ने भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १ पटुवाथुमको भैरव नाच्ने वडा अध्यक्ष माधव श्रेष्ठले बताए ।मंगलबार एक कार्यक्रमका बिच भैरव समुहलाई सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,उपप्रमुख मिश्रा आचार्य लगायतले बिदाई गरेका छन । अर्घाखाँची जन्म थलो भइ काठमाण्डौमा कर्मथलो बनाएकाहरुको माग बमोजिम भैरव नाच नाच्नको लागि त्यहाँ गएको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)