माओवादीले मधेश प्रदेशका लागि के के गर्यो निर्णय ?
ratopati.com · Sun Mar 12 23:24:00 GMT 2023
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन दिनदेखि जारी मधेस प्रदेश समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकले एक महिने संगठन सुद्धिढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । अभियानको क्रममा १३६ स्थानीय तह अन्तर्गतका एक हजार २७१ वडासम्मको बैठक सम्पन्न गर्ने, सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने, आम नागरिकका जनचासोको विषयमा छलफल गर्ने निर्णय भएको उनले बताए ।
बैठकले महङ्गी, भ्रष्टाचार, मिटरब्याजी, लघुवित्त, सहकारी लगायतका चर्को ब्याज, चुरे संरक्षण लगायतको बिषयमा जागरण, अन्तरक्रिया, छलफल बहस एवम् दवावमुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको नेता शर्माले बताए । यो अभियान केन्द्रीय प्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)