‘सूचना प्रविधि क्षेत्रमा समन्वयको खाँचो’
ekantipur.com · Fri Dec 23 01:19:34 GMT 2022
काठमाडौँ — रोजगारीमा आबद्ध कुल नेपालीमध्ये ०.९ प्रतिशतले मात्रै सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको र १० हजार जति जनशक्ति मात्रै यो क्षेत्रमा कार्यरत रहेको अध्ययनहरूले देखाएका छन् ।
यस्तोमा नेपालको सूचना प्रविधि क्षेत्रलाई कसरी फराकिलो बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्नेबारे बुधबार काठमाडौंमा एक छलफल आयोजना गरियो । विश्व बैंक समूह, सेन्टर फर डिजिटल ट्रान्सफरमेसन र नेपाल इकोनमिक फोरमले आयोजना गरेको ‘अन क्रिएटिङ जब्स इन डिजिटल नेपाल’ शीर्षकको छलफलका वक्ताहरूले नेपालमा सूचना प्रविधि क्षेत्रका सबै सरोकारवालाहरूले आपसमा समन्वय र सहकार्य गर्दै काम गर्नुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)