मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

नयाँ वर्षको उपलक्ष्यमा पाशुपत क्षेत्रमा वसन्त काव्यलहरी

kalakarmi.com · Thu Apr 14 00:09:23 GMT 2022

काठमाडौं– पशुपति क्षेत्र विकास कोषको तत्वावधानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा राष्ट्रिका साहित्य प्रतिष्ठाको संयुक्त आयोजनामा नयाँ वर्ष २०७९ विशेष शुभकामना आदानप्रदान तथा वसन्त काव्यलहरी कार्यक्रम पाशुपत क्षेत्रको देव बाटिकामा सम्पन्न भयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान उपकुलपति डा.विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा भएको वसन्त काव्यलहरी कार्यक्रममा वरिष्ठ कवि अशेष मल्ल, डा.हरिप्रसाद पोखरेल (मानसाग्नी),डा.सावित्री मल्ल, कविहरू मातृका पोखरेल, कृष्ण प्रसाईं, किशोर पहाडी, दिव्य गिरी, सुमन थापा सङ्गम, राधिका गुरागाईं, गीता कार्की, ठाकुर वेलबासे, समिना खनाल, उमा सुवेदी, राजेन्द्र गुरागाईं, पवित्रा अधिकारी, माधव विडारी, सुस्मा आचार्य अंशु, गोविन्द मरासिनी, मधु पाठकलगायत कविले वसन्त विशेष कविता वाचन गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)