करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
nepalpress.com · Fri Jul 31 04:51:54 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भनेको हो ।
राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रम पीएसपीहरुको मोबाइल एपबाट यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ । सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा त्यसबारेको सूचना ग्राहकलाई पठाउन भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)