पूर्वका उद्योगीले भने– ‘कर परिवर्तनमा भ्रष्टाचार’
ekantipur.com · Thu Jun 09 00:46:32 GMT 2022
विराटनगर — पूर्वका उद्योगी व्यापारीले बजेटमार्फत गरिएको कर परिवर्तनमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै सच्याउन माग गरेका छन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले कसैलाई काखी च्याप्ने र कसैलाई असर गर्ने गरी नीतिगत अनियमितता गरेको आरोप लगाउँदै बजेटका विवादित व्यवस्था परिमार्जन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । कर परिवर्तनका कारण स्वदेशी उद्योगहरू खासगरी स्टिल तथा वायर, वनस्पती घिउतेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग बन्दको स्थितिमा पुगेको उद्योगी व्यवसायीको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)