पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु
ratopati.com · Fri Jul 31 04:53:49 GMT 2026

इस्लामवाद । दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा ३४ जना खानी मजदुरको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले शुक्रबार बिहान मृत्युको पुष्टि गर्दै अझै केही मजदुर बेपत्ता रहेकाले संयुक्त उद्धार अभियान निरन्तर जारी रहेको जनाएको छ ।
अधिकारीहरूका अनुसार बिहीबार बलुचिस्तानको राजधानी क्वेटानजिक रहेको कोइला खानीमा मिथेन ग्यासका कारण शक्तिशाली विस्फोट भएको थियो । विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)