विश्व च्याम्पियन खेलाडीलाई अर्जेन्टिनामा भव्य स्वागत
nayapatrikadaily.com · Wed Dec 21 00:31:00 GMT 2022
अर्जेन्टिनी समर्थकहरूले यो क्षणको प्रतीक्षा ३६ वर्ष गर्नुपर्यो । यो क्षणलाई उनीहरू कसरी मनाउने वा कुन रूपमा भाव व्यक्त गर्ने भनी सोच्न भ्याएनन् । सन् १९८६ पछि विश्व च्याम्पियन बनेका अर्जेन्टिनी खेलाडी घरमा फर्कंदा भव्यताका साथ स्वागत गर्ने र खुसी मनाउने योजनाको तयारीमा समर्थक लागेका थिए । अर्जेन्टिनाले विश्व च्याम्पियन बनेको खुसी मनाएको क्षण ३६ वर्षअगाडि थियो । त्यो पनि डिएगो म्याराडोनाले अर्जेन्टिनालाई दोस्रोपटक विश्वकप ट्रफी दिलाउँदा थियो ।
कप्तान लियोनल मेसी सोमबार राति राजधानी ब्युनर्स आयर्समा ट्रफीसहित पुग्दा अकल्पनीय स्वागत भयो । गत आइतबार राति दोहाको लुसेल रंगशालामा साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकप विजेता बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)