मन्दिर अगाडि मृत भेटिएको घटना धार्मिक विवादसँग असम्बन्धितः प्रहरी
nepalpress.com · Fri Jul 31 05:10:57 GMT 2026

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-१२, नहरचोकस्थित मन्दिर परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेको घटना हाल जारी धार्मिक विवादसँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ । मंगलबार राति अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरीको शव मन्दिर परिसरमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक कडेरी मन्दिरको पुजारी नभई बाहिर कामकाज गर्ने र राति मन्दिरमा सुत्न आउने व्यक्ति हुन् । घटनाको जानकारी पाउनासाथ कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर थप अनुसन्धान सुरू गरिसकेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)