विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीकी प्रभा बोगटी विजयी
nepalwatch.com · Fri May 20 17:19:13 GMT 2022
काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुख (उपमेयर)मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार प्रभा बोगटी विजयी भएका छन् । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३० मा भएको मतदानको आज साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगरप्रमुखमा श्रेष्ठले १५ हजार ८२६ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सञ्जु पण्डितले १२ हजार १५४ मत ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)