प्रहरीले भन्यो– सबैलाकाे मन्दिरमा मृत भेटिएका व्यक्ति पुजारी होइनन्
shilapatra.com · Fri Jul 31 05:34:00 GMT 2026

धनुषाको सबैला नगरपालिका– १२ स्थित मन्दिर परिसरमा मृत फेला परेका ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको पुष्टि भएको जानकारी दिए ।
मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा समेत सूचना र समाचार सम्प्रेषण भइरहेको छ । यो सूचना सत्य नभएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आज विज्ञप्तिसमेत जारी गर्दै कडेरी पुजारी नभई घुमी हिँड्ने व्यक्तिको भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)