मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अविरल वर्षाले देशभरको जनजीवन प्रभावित

nayapatrikadaily.com · Wed Aug 03 00:20:00 GMT 2022

कोइली नदीमा बेपत्ता तीनमध्ये एकको शव भेटियो, एक अझै बेपत्ता

कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ स्थित कोइली नदीले एकै परिवारका तीनजनालाई बगाएको छ । मंगलबार बिहान निउरो टिप्न कोटिहवा सामुदायिक वन क्षेत्रभित्र पर्ने कोइली नदीमा पुगेका वीरबहादुर सुनार, उनकी पत्नी राममाया सुनार र १२ वर्षका छोरा नीरज सुनारलाई बाढीले बगाएको थियो । नीरजलाई करिब चार सय मिटर तल पुर्‍याएपछि स्थानीयले उद्धार गरेका छन् । तर, उनकी आमा राममाया सुनारको भने झन्डै एक किलोमिटरको दूरीमा शव फेला परेको छ । वीरबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)