नामकरणको समाजशास्त्रीय आयाम
annapurnapost.com · Fri Jul 31 05:46:02 GMT 2026

कर्णाली र सुदूरपश्चिमका ग्रामीण भेगहरूमा कथित माथिल्लो जातका सरकारी कर्मचारी, जमिन्दार वा पुरोहितहरूले दलितहरूलाई जनावर, शारीरिक अक्षमता वा घृणास्पद संज्ञाहरूसँग जोडेर नामकरण गरिदिएका अनेकौं ऐतिहासिक प्रमाणहरू छन्।
मानव समाजमा नामकरणलाई अक्सर एउटा प्राकृतिक, धार्मिक वा सांस्कृतिक प्रक्रियाका रूपमा मात्र लिइन्छ। हिन्दु संस्कारमा ‘न्वारन’को दिन पुरोहितद्वारा नवजात शिशुको नामकरण गरिनु वा विभिन्न संस्कृतिमा आआफ्नै विधिले नाम राख्नुलाई सामान्य चिनारीको सुरुवात मानिन्छ। तर, समाजशास्त्रीय र भाषावैज्ञानिक कोणबाट हेर्दा नामकरण केवल एउटा तटस्थ संज्ञा वा अक्षरहरूको प्राविधिक मेलमात्र होइन, यो त सामाजिक संरचना, सांस्कृतिक राजनीति र सत्ता सम्बन्धको एउटा अदृश्य तर अत्यन्त शक्तिशाली सत्ता र दमनको विशिष्ट सांस्कृतिक हतियार हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)