राष्ट्रप्रेम, सिद्धान्त र समर्पणका प्रतीक: सूर्यप्रसाद उपाध्याय
ratopati.com · Fri Jul 31 05:57:06 GMT 2026

आज श्रावण १५। नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा, सिद्धान्तनिष्ठ राजनीतिज्ञ तथा राष्ट्रप्रेमका प्रतीक सूर्यप्रसाद उपाध्यायको ४२औँ स्मृति दिवस हो। यस अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको जीवन, विचार र योगदानलाई स्मरण गर्नु केवल इतिहास सम्झिनु मात्र होइन, वर्तमान र भावी पुस्तालाई सही दिशा देखाउनु पनि हो।
सूर्यप्रसाद उपाध्याय नेपाली राजनीतिमा इमानदारी, नैतिकता, बौद्धिकता र राष्ट्रप्रतिको निष्ठाका पर्याय हुनुहुन्थ्यो। उहाँ सत्ता वा पदका लागि होइन, लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र जनताको अधिकारका लागि जीवनभर समर्पित रहनुभयो। उहाँलाई सबैले आत्मीयतापूर्वक “सूर्यबाबु” भनेर सम्बोधन गर्थे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)