खुला टेबलटेनिसमा राजन र शेखर फाइनलमा
ekantipur.com · Mon Apr 07 16:52:22 GMT 2025
काठमाडौँ — राजन सुब्बा र शेखर श्रेष्ठ सोमबार दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबलटेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा फाइनल पुगेका छन् । राजनले आनन्दरत्न धाक्वालाई ३–० र शेखरले अशोक शर्मालाई ३–० को सोझो सेटमा पराजित गरे ।
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको जुनियरमा ४ तथा भेट्रानमा ३ विधामा प्रतिस्पर्धा भइरहेको छ । चैत २८ सम्म चल्ने प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)