मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जचुकालि जोगाऔं

annapurnapost.com · Mon Aug 01 00:30:00 GMT 2022

सरकारले व्यापार व्यवसाय गर्नै हुन्न भन्ने जबरजस्त एउटा विचार छ। सरकारले व्यापार व्यवसाय गरे हुन्छमात्रै होइन, उद्योगधन्दा कलकारखाना पनि चलाउनुपर्छ भन्ने अर्काे विचार उत्तिकै जबरजस्त छ। समाजवादी भन्नेहरू राज्यले पनि कलकारखाना चलाउनुपर्छ भन्ने पक्षमा हुन्छन् भने पुँजीवादी भनिनेहरू त्यसविपरीत व्यापार व्यवसाय सबै निजीलाई छोड्नुपर्छ भन्छन्। संसारमा यी दुईमध्ये एकैथरी कुरामात्रै भएका छैनन्। जस्तै उदारवादी वा पुँजीवादी भनिने मुलुकमा पनि राज्यले उद्योगधन्दा चलाएका, व्यापार व्यवसाय गरेका उदाहरण छन्। समाजवादी भनिने चीनजस्तो मुलुकमा पनि निजी क्षेत्रलाई उदारतापूर्वक उद्योगधन्दा चलाउन स्वतन्त्रता दिइएको छ।

२०४६ सालको परिवर्तनपछि नेपालमा भने सरकारी उद्योगधन्दा निजीलाई बिक्री गरियो। व्यापार व्यवसायबाट विस्तारै सरकारले हात झिक्दै गयो। अझै पनि सरकारी स्वामित्वका संस्था थुप्रै छन्। कतिपय घिटीघिटी चलिरहेका छन्। कति भने बन्द छन्। बहस के छ भने त्यस्ता सरकारी संस्थानहरू चलाइरहने कि निजीलाई दिने ? बन्द भइसकेकालाई फेरि चलाउने कि के गर्ने ? यसपालिको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले बन्द भइसकेका कतिपय उद्योग फेरि सरकारले चलाउने नीति लिने पनि उल्लेख गरेका थिए। तर त्यसको आधारभूत अवधारणामा भने सरकार वा देशका प्रमुख दलहरू अझै दोधारमै छन्। प्रष्ट नीति लिन सकेका छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)