जापानी सेना सिंगापुरमा
ekantipur.com · Wed Feb 08 01:00:31 GMT 2023
काठमाडौँ — सन् १९४२ मा आजकै दिन (फेब्रुअरी ८) मा जापानले सिंगापुरमा आफ्ना सेना उतारेका थियो । त्यसपछिको एक साता लामो भीषण संघर्षपछि जापानी फौजले सिंगापुरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।
फेब्रुअरी १५ मा बेलायतको नेतृत्वको सेनाले अन्ततः तोमोयुकी यमासिता कमान्डको जापानी सेनासमक्ष आत्मसमर्पण गरेको थियो । युद्धका क्रममा बेलायती सेनाको कमान्ड लेफ्टिनेन्ट जर्नेल आर्थर ई पर्सिभलले सम्हालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)