मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विकृतिपूर्ण र संस्कारविहीन समाजबाट सिर्जित समस्या

rajdhanidaily.com · Sun Jun 06 23:28:20 GMT 2021

देशभित्र विभिन्न क्षेत्रमा आबद्ध हुनेलाई जनताले प्रायः मन पराइराखेका छैनन् । समाजमा सफेदपोसाकमा देखिँदै आफूलाई भद्र भलाद्मी र समाजका लागि केही गरिराखेको दाबी गर्नेहरू जनताका नजरमा बदनाम छन् । यो बदनामीका सम्बन्धमा गहिरो छाप परिसकेको छ । त्यसैले यिनीहरू छिट्टै सकारात्मक प्रभाव पार्न सक्ने अवस्थामा देखिँदैनन् । सबै क्षेत्रमा व्यक्तिवाद, नातावाद, कृपावाद, दलीय स्वार्थ भ्रष्टाचार, कालोबजारी, तस्करी व्याप्त छ । यही अनुभूति जनताले राम्ररी गरेका छन् । यी सबै कारणले गर्दा देश गरिबीको दुश्चक्रमा नराम्ररी फसेको छ । थोरै टाठाबाठाहरूमा स्रोतसाधन संग्रह भइराखेको छ । यसबाट देशले मुक्ति पाइहाल्ने सम्भावना देख्न सक्ने अवस्था नहुँदा सबैमा निराशा छाएको छ ।

आखिर कुन–कुन समूह हनु त देशलाई यस्तो दुरावस्थामा पु-याउने ? प्रश्न उठ्नु स्वभाविकै हो । राजनीतिले देशलाई अघि बढाउने र पछि धकेल्ने दुवै काम गर्छ । त्यसैले कस्तो छ त नेपालको राजनीति ? र त्यसका कलाकार, छलफल यसैबाट प्रारम्भ गरौं । नेपालमा यथार्थतामा राजनीति भूमिगत शक्तिबाट सञ्चालित छ । जो राजनीतिमा लागेर व्यक्तिगत तरक्की गर्न सफल भएका छन् उनीहरू आफ्नो बलबुता र नेपाली जनताको विश्वास, एवं समर्थनमा राजनीति गर्ने सामथ्र्य देख्दैनन् । राजनीति देशभन्दा अन्यत्रबाटै सञ्चालित छ । जनताभन्दा भूमिगत अदृश्य शक्तिको समर्थनमा नेपालका धेरै व्यक्तिले राजनीतिलाई कमाई खाने भाँडो बनाएका छन् । त्यसैले जनताको आलोचनाको खासै महत्व यी राजनीतिज्ञलाई हुँदैन । उनीहरू जनतालाई गौण मान्दै जनतामाथि चरम शोषण गरिराखेका छन् । राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)