रास्वपा नेता स्थानीय तह जाँदै
gorkhapatraonline.com · Thu Oct 01 00:27:44 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै पालिकास्तरमा अभियान सञ्चालन गर्ने भएको छ । आगामी असोज २० गतेदेखि सुरु हुने अभियान ‘नागरिकका कुरा सुन्न र आफ्ना कुरा भन्न’ सुरु गर्न लागिएको रास्वपाकी सहमहामन्त्री निशा डाँगीले जानकारी दिनुभयो ।
नागरिकसँग जनसंवाद र जवाफदेहिताको प्रयासस्वरूप सबै स्थानीय तहमा नागरिकका समस्या सुन्ने र सरकारमा रहेका मन्त्री र सांसदले छ महिनाको अवधिमा गरेका काम भन्नका लागि यो अभियान सुरु गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय सदस्य र सांसद सबै स्थानीय तहमा पुगेर सरकारले गरेका कामसँगै स्थानीय तहमा उम्मेदवार छनोटका विषयमा नागरिकलाई बुझाउनुहुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)