मधुमेहका बिरामीलाई योगासन धेरै फाइदाजनक
nepalsamaya.com · Sun Mar 06 00:40:37 GMT 2022
मधुमेह जीवनशैलीको गडबडीको कारणले गर्दा हुने स्वास्थ्य समस्या हो। जसले विश्वभर ४० करोडभन्दा बढी मानिसहरूलाई असर गरेको छ। नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दो छ। स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।
त्यस बाहेक पहिलेदेखि नै मधुमेहको समस्या भएकाहरूले योगको माध्यमबाट यसको जटिलता कम गर्न सक्छन्। यो तीव्र गतिमा बढ्दो स्वास्थ्य समस्याको बारेमा मानिसहरूलाई सचेत गराउन प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ। योग विज्ञहरूका अनुसार नियमित रूपमा केही योग आसन गर्नाले मधुमेह नियन्त्रणमा मद्दत पुग्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)