गाजा युद्ध अन्त्यतर्फ : हमासले हतियार त्याग्ने योजनामा सहमति जनाएको अमेरिकाको दाबी
shilapatra.com · Fri Jul 31 06:11:34 GMT 2026

गाजामा झण्डै तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण मानिएको नयाँ पहलमा विद्राेही समूह हमासले पहिलो पटक पूर्ण निःशस्त्रीकरणको रूपरेखा स्वीकार गरेको बताइएको छ । बीबीसी का अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'बोर्ड अफ पिस'को पहलमा हमास र गाजाका अन्य सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरणसम्बन्धी सहमति भएको बताएका छन् । हमासका एक वरिष्ठ अधिकारीले पनि उक्त योजनामा सहमति भएको पुष्टि गरेका समाचारमा उल्लेख छ ।
योजनाअनुसार हमासले आफ्ना बाँकी रहेका हतियार, सैन्य उत्पादन केन्द्र र सुरुङहरूको विवरण उपलब्ध गराउनेछ । भारी हतियारहरू नयाँ प्यालेस्टिनी प्रशासनको निगरानीमा राखिनेछन् र ती इजरायललाई हस्तान्तरण गरिने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)