सोह्रौँ योजना : दिगो विकास लक्ष्यका विषयमा छुट्टै परिच्छेद राखिने
ekagaj.com · Thu Aug 17 16:02:30 GMT 2023
काठमाडौँ- सोह्रौँ योजनामा दिगो विकास लक्ष्यका विषयमा छुट्टै परिच्छेद राखिने भएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा ‘सोह्रौँ आवधिक योजना र दिगो विकासका लक्ष्यहरू’ विषयमा छलफलका क्रममा यस्तो जानकारी दिइएको हो । पन्ध्रौँ पञ्चवर्षीय योजनाको अन्तिम वर्ष चलिरहेकाले राष्ट्रिय योजना आयोगले सोह्रौँ पञ्चवर्षीय योजनाको अवधारणापत्र तयार गरी त्यसमाथि छलफल भइरहेको छ । यस सिलसिलामा आज समितिले दिगो विकाससँग सोह्रौँ योजनालाई जोडेर छलफल गरेको हो ।
बैठकमा समितिका सभापति प्रकाश पन्थले पिछडिएका वर्गलाई समेटेर योजना बन्ने गरेको तर ती योजना कार्यान्वयनमा नआउने गरेकाले आगामी पञ्चवर्षीय योजना बनाउँदा यसलाई ध्यान दिनुपर्ने बताए । विभिन्न तहका सरकारले दिने अनुदान कार्यविधि वितरणमुखी भएको उल्लेख गर्दै उनले त्यसलाई नतिजामुखी बनाउन आयोगले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)