मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आयात ठप्प भएसँगै केरामा आत्मनिर्भर बन्यो नेपाल, दशैं तिहार छटको माग मज्जाले धान्ने

corporatenepal.com · Thu Oct 01 00:41:25 GMT 2026

काठमाडौं । भारतबाट हुँदै आएको केरा आयातमा कडाइ र ठप्प भएसँगै नेपाली कृषि क्षेत्रमा नयाँ उत्साह देखिएको छ । लामो समयदेखि भारतीय केराको एकाधिकार र आपूर्ति समस्याका कारण सास्ती खेप्दै आएका नेपाली किसानहरूका लागि सरकारको आयात रोक्ने नीति ठूलो राहत बनेको छ। भारतीय केरा आउन छाडेपछि नेपाली उत्पादनले उचित मूल्य पाउने भएपछि किसानहरू हर्षित भएका छन्। आफूले गरेको उत्पादनले उचित मूल्य पाउँदा निकै खुसी लागेको झापाका केरा कृषक प्रेम खड्का बताउँछन् ।

यस वर्ष उत्पादन राम्रो हुनुका साथै मूल्य पनि राम्रो पाएकाले आफू सन्तुष्ट रहेको उनको भनाइ छ। गत साता परेको अविरल वर्षा र सामान्य हावाहुरीले केही क्षति पुर्याए पनि केरा पाकिसकेकाले खासै धेरै असर नगरेको उनले बताए । पहिरोका कारण राजमार्ग बन्द हुँदा काठमाडौं ल्याउन रोकिए पनि आउँदो हप्तादेखि काठमाडौं ल्याइने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)