काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज
ratopati.com · Tue Dec 09 22:43:21 GMT 2025

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३१ औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।
प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुनेछन् । समारोहमा नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिने कार्यक्रम, तय भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)