कप्तानगञ्ज घटनालाई लिएर कल्याणपुरमा सद्भाव र्याली
onlinekhabar.com · Fri Jul 31 06:29:29 GMT 2026

१५ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर सप्तरीको खडक नगरपालिका –७ कल्याणपुर बजारमा सद्भाव र्याली निकालिएको छ । धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्याली आयोजना गरिएको हो ।
शुक्रबार कल्याणपुर बजारमा ‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित स्थानीय स्तरमा क्रियाशील राजनीतिका दल, हिन्दु र मुस्लिम दुवै समुदायको सामूहिक सद्भाव र्याली सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)