सिरहामा सुनचाँदी व्यपारीको घर लुटपाट, पार्किङमा राखिएको जिप लिएर भागे लुटेरा
ratopati.com
सिरहा । जिल्लाको लहान नगरपालिका ७ का एक सुनचाँदी व्यापारीको घरमा लुटपाट भएको छ । सोमबार राती हतियारधारी समूहले सुनचाँदी व्यापारी राजेश सारडाको घरमा लुटपाट गरेको हो । हतियारधारी समूह राजेशको घरमा प्रवेश गरी उनका पिता भगीरथ सारडा र श्रीमतीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटपाट भएको प्रहरीले जानकारी दिएको छ ।
लुटेराहरू घरमा प्रवेश गरेलगत्तै प्रतिकारमा उत्रिएका भगीरथ र राजेशकी श्रीमतीमाथि पनि आक्रमण भएको छ । आक्रमणमा परेर उनीहरु दुवैजना घाइते भएका छन् । करिव ७–८ जनाको समुहमा आएका हतियारधारी लुटेरा समूहले लकर फोडेर सुनचाँदी लुटेको पीडित परिवारको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)