मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले ६६ किमी लामो चेपाङ मार्ग अवरुद्ध

hamrakura.com · Thu Oct 01 00:00:00 GMT 2026

काठमाडौँ। पूर्व–पश्चिम राजमार्गको भण्डारादेखि धादिङको मलेखु जोड्ने ६६ किलोमिटर लामो ‘चेपाङ मार्ग’ पहिरोका कारण अवरुद्ध बनेको छ। राप्ती नगरपालिका–११ स्थित बेलडाँडासहित विभिन्न स्थानमा खसेको पहिरोका कारण दुई जिल्ला र दुई मुख्य राजमार्ग जोड्ने यो सडकखण्ड विगत चार–पाँच दिनदेखि पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। सडकको दूरावस्थाका कारण स्थानीय बासिन्दाहरू जोखिमपूर्ण तरिकाले भीरको बाटो यात्रा गर्न बाध्य भएका छन्।

मङ्गलबार सोही मार्ग हुँदै राप्तीको विकट क्षेत्र कालिटारतर्फ नागरिकता वितरण गर्न जाँदै गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीसमेत पहिरोका कारण बाटोमै रोकिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)