मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए  सर्वोच्चको पूर्ण बैठक

nayapatrikadaily.com · Tue Feb 15 00:38:00 GMT 2022

संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दीपककुमार कार्कीले शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गरेका छन् । सोमबार न्यायाधीशहरूसँगको छलफलपछि कार्कीले बैठक बोलाएका हुन् ।

जबरा निलम्बनमा परेपछि सर्वोच्चमा हाल १९ न्यायाधीश छन् । यीमध्ये तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुँडाल बिदामा छन् । बाँकी १६ न्यायाधीशको अनौपचारिक बैठकपछि कार्कीले पूर्ण बैठक बोलाएका हुन् । बिदामा रहेका न्यायाधीश पनि सहभागी हुन सक्ने गरी बैठकको मिति तय गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)