पौडेलले भनेजस्तै देउवा सर्वत्र असफल हुन्?
nepallive.com · Mon Aug 09 16:10:00 GMT 2021
काठमाडौं- समयमा महाधिवेशन गर्न नसक्ने स्थिति आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोचित हुने क्रम बढ्न थालेको छ। भदौ १६ देखि १९ सम्मका लागि तोकिएको १४औं महाधिवेशन नहुने दिशातिर अघि बढेपछि देउवा संस्थापनइतरका नेताको ‘तारो’ बन्न पुगेका छन्।
महाधिवेशन हुन नसकेपछि पार्टीको सर्वोच्च पदमा रहेका देउवाले त्यसको अपजस स्वभाविक रुपमा बढी लिनुपर्ने हुन्छ। देउवाको कार्यकाल असफल भएको आरोप लगाउँदै आएको संस्थापनइतर समूहबाट उनीमाथि वचनको ‘प्रहार’ कायमै छ। देउवाको कार्यशैली र क्षमताको बारम्बार प्रश्न उठाइरहने वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत् ‘सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्’ भनी लेखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)