आपसको वार्षिकोत्सव सम्पन्न, युवा संचारकर्मी रोयल आचार्य सम्मानित
newsofnepal.com · Mon Apr 07 16:59:39 GMT 2025
काठमाडौँ।
आध्यात्मिक पत्रकार समाज (आपस ) वार्षिकोत्सवको अवसरमा आज वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। आपसले आधिकारिक प्रमाणपत्र ग्रहण गरेको दिन रामनवमीलाई (आपस) ले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ। दक्षिण एशियाली ज्योतिष महासंघको कार्यलय तथा आपस सम्पर्क कार्यलय काठमाण्डौ डिल्लिबजारमा आयोजित कार्यक्रममा शंखध्वनि,स्वस्ती वाचनसहित दिप प्रज्वलन गरेर वैदिक परम्परा अनुसार कार्यक्रम प्रारम्भ गरिएको थियो। सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश एशिसिएटस अध्यक्ष रोयल आचार्यलाई सकृय युवा पत्रकारका रुपमा दोसल्ला ओढाइ सम्मान गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)