रास्वपाका सभापति रविले गरे धार्मिक गुरुहरूसँग छलफल
ratopati.com · Fri Jul 31 07:19:01 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवासँग छलफल गरेका छन् । लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालय सिंहदरबारमा मौलाना (धर्मगुरु) नरुल हुसेन, मोहम्मद खालिद, विश्व हिन्दु महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग सामूहिक छलफल गरिरहेका छन् ।
रविले दुवै अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)