कांग्रेस भन्छ– ‘माओवादीबाट धोका भयो’
ekantipur.com · Tue Mar 05 01:03:25 GMT 2024
काठमाडौँ — माओवादीले एकपक्षीय रूपमा गठबन्धन तोडेर धोका दिएको निष्कर्ष कांग्रेसले निकालेको छ । माओवादी र एमालेलगायतका दलबीच नयाँ समीकरण बनाउने औपचारिक निर्णय भएलगत्तै आफ्नै निवासमा बोलाएको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘माओवादीबाट आकस्मिक रूपमा धोका भएको’ बताएका हुन् ।
गठबन्धन तोड्नुका कारणका रूपमा माओवादीले उठाइरहेका तर्कहरू देखाउनका लागि मात्रै भएको निष्कर्षसमेत कांग्रेसले निकालेको छ । ‘गठबन्धन तोड्ने मनसायबाटै काम भइरहेका बेला जेजस्ता विषयहरू देखाएर कांग्रेससँग गठबन्धन तोडिएको माओवादीले भन्दै आएको छ, त्यो देखाउनका लागि मात्रै हो’ निवर्तमान अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशरण महतले भने, ‘मूल कुरा कम्युनिस्ट एकता र पाँचै वर्षसम्म प्रधानमन्त्री खाने लक्ष्य होला ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)