तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल
ajakoartha.com · Fri Jul 31 07:25:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । तराईका केही जिल्लामा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै चेम्बरले मृतकहरूप्रति श्रद्धाञ्जली र घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बिहीबार जारी वक्तव्यमा नेपाल चेम्बर अफ कमर्सले नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ । चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवर्द्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)