मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बगरको कर तिर्दै बगरफाँटवासी

ratopati.com

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटवासीले २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् ।​ बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारीपट्टी बेनी – ६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन । जग्गा नभएपनि जग्गाधनी पूर्जा कामयमै रहेकोेले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न वाध्य हुनुपरेको बेनी २ का ओमवहादुर थापाले जानकारीदिए ।

उनका अनुसार स्थानीयवासी हिराबहादुर घिमिरे,भक्तवहादुर घिमिरे,ओमवहादुर थापा,कृष्णवहादुर थापा लगाएत ८ व्यक्तिहरुले मालपोत कर तिर्दै आएका छन् । पहिला जग्गा (खेत,बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी – ६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)