एक्सप्रेसन्स २०२६ अन्तिम चरणमा : खेलकुद, मनोरञ्जन र सांस्कृतिक गतिविधिमा उत्साहपूर्ण सहभागिता
ratopati.com · Fri Jul 31 07:28:43 GMT 2026

पोखरा । मणिपाल शिक्षण अस्पतालमा सञ्चालन भइरहेको बहुप्रतीक्षित एक्सप्रेसन्स २०२६ अन्तिम सातामा प्रवेश गरेको छ। खेलकुद, मनोरञ्जन तथा सांस्कृतिक गतिविधिको समन्वयमा आयोजना गरिएको कार्यक्रम अहिले उत्साह, जोस र उल्लेखनीय सहभागिताका साथ समापनतर्फ उन्मुख भएको छ।
हाल फुटबल, क्रिकेट तथा बास्केटबल प्रतियोगिताका नकआउट चरणका खेलहरू जारी रहेका छन्। उपाधिका लागि भइरहेको प्रतिस्पर्धामा सहभागी टोलीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने दर्शकहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगिताको आकर्षणलाई थप बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)