‘तातोपानी नाका बन्द गर्नुपर्ने अवस्था छैन’
clickmandu.com · Thu Oct 01 01:49:28 GMT 2026

काठमाडौं । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फको सडकमा समस्या नरहेको बताएका छन् । उनले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
चिनियाँ पक्षले सडकको अवस्था देखाउँदै तातोपानी नाका बन्द गरेपछि नाका खुलाउन परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधिसहितको संयुक्त टोलीले चिनियाँ टोलीसँगै नेपालतर्फका पहिरो प्रभावित सडकको अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)