मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राेनाल्डोले किन छाड्नुभयो प्रशिक्षण क्याम्प ?

barnanmedia.com · Thu Oct 01 01:47:16 GMT 2026

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाड्नुभएको छ । डेनमार्कविरुद्ध नेसन्स लिगको खेलअघि कोपेनहेगनमा तनावपूर्ण घटनाक्रम भएपछि उहाँले प्रशिक्षण शिविर छाड्नुभएको हो ।

पोर्चुगलका प्रशिक्षक जर्ज जेसुससँग विवाद भएको रिपोर्ट सार्वजनिक भइरहेका बेला रोनाल्डोले शिविर छाड्ने निर्णय लिनुभएको हो । उहाँले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि आफूले शिविर छाड्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)