मधेशका ११ परीक्षा केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित
bishowkhabar.com · Fri Jul 31 07:41:33 GMT 2026

काठमाडौं– मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस दोस्रो तहअन्तर्गत MKT 511: Marketing Management विषयको परीक्षा ११ केन्द्रमा स्थगित गरेको छ।
व्यवस्थापन संकाय, डीन कार्यालयका अनुसार स्थगित परीक्षाको नयाँ मिति पछि सार्वजनिक गरिनेछ। अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)