प्रधानमन्त्री बालेनले भने– म संघीयता विरोधी होइन
shilapatra.com · Fri Jul 31 07:42:25 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफू संघीयताविरोधी नभएको बताएका छन् । मधेशकेन्द्रित दलसँगको छलफलमा क्रममा सिंहदबारमा बालेनले संघीयतालाई विरोधी भनेर गलत हल्ला फैलाएको बताएको राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले जानकारी दिए ।
‘संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला । संघीयतालाई बलियो बनाउने हो । संरचनामा परिवर्तन ल्याउन कुरा थियो तर सन्देश गलत गयो । त्यसलाई सुधार्नुपर्छ । तर म संघीयता विरोधी होइन,’ प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै महतोले भने, ‘संघीयतामा प्राप्त अधिकार प्रयोग गर्नुपर्छ । मेयर हुँदा मैले पनि आफ्नो अधिकार प्रयोग गरेको थिएँ । तपाईंहरू ढुक्क हुनुस् संघीयतामाथि कुनै खतरा हुँदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)