मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचार छानबिनः अख्तियारलाई बलियो बनाउने कि नयाँ आयोग?

barnanmedia.com · Wed Sep 24 21:50:44 GMT 2025

जेनजी आन्दोलनपछिको नेपाल अहिले एउटा मूल प्रश्नसँग जुधिरहेको छ-भ्रष्टाचारको जरो कसरी उखेल्ने ? भ्रष्ट नेता, कर्मचारी र तिनका संरक्षकलाई कसरी कानुनी कठघरामा उभ्याउने ? आन्दोलनकारी युवाहरूले बेग्लै शक्तिशाली जाँचबुझ आयोग गठन गर्नुपर्ने माग गरिरहेका छन् । उनीहरूको भनाइ छ कि पुरानो संरचना फितलो भइसकेको छ । अब नयाँ विशिष्ट संरचनाले मात्र भ्रष्टाचारविरूद्ध कठोर र प्रभावकारी कदम चाल्न सक्छ ।

तर यहाँ अर्को महत्वपूर्ण दृष्टिकोण पनि छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईजस्ता निर्भीक र क्षमतावान् व्यक्तिको नेतृत्व छ । त्यसैले अख्तियारलाई नै बलियो बनाएर भ्रष्टाचारविरुद्धको निर्णायक युद्ध सुरु गर्नुपर्ने ठोस तर्क उठिरहेको छ । राई कुनै सामान्य प्रशासक होइनन् । उनले यसअघि शक्तिशाली मानिएका ठूला-ठूला पात्रविरुद्ध मुद्दा चलाएका छन् । उनीसँग अनुभव छ, संरचना छ, कानुनी अधिकार छ । अझै केही स्रोत-साधन थपियो भने मात्र पनि उनले ६ महिनामै ठूला-ठूला भ्रष्टाचारीलाई कठघरामा उभ्याउन सक्ने क्षमता राख्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)