राष्ट्रपति पौडेलले गोपालमान श्रेष्ठको निवास पुगेर दिए श्रद्धाञ्जली
kendrabindu.com · Fri Jul 31 07:56:01 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । शोकको यस घडीमा उनले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)