अभिजीत दीपकेको घरमा ‘हाई–प्रोफाइल’ पाहुना, पूर्व मुख्यमन्त्रीले पनि मागे भेट्न समय
annapurnapost.com · Fri Jul 31 07:58:10 GMT 2026

भारत : दिल्लीमा भएको विद्यार्थी आन्दोलनपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके राजनीतिक वृत्तमा पनि चर्चित बन्दै गएका छन् । उनीसँग भेट्न नेताहरूको लाम लाग्न थालेपछि यसको संकेत देखिएको हो । हालै महाराष्ट्र सरकारका मन्त्रीदेखि विभिन्न नेतासम्म उनीसँग भेट गरिसकेका छन् भने अन्य धेरै नेताहरूले पनि भेटका लागि समय मागिरहेका छन् । सीजेपीको ब्यानरमा भएको आन्दोलनपछि तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए ।
आन्दोलनपछि दीपकेलाई टाइफाइड भएको थियो । त्यसका कारण आन्दोलन सकिएपछि पनि उनी केही समय दिल्लीमै बसेर उपचार गराएका थिए । बुधबार उनी आफ्नो गृहनगर छत्रपति सम्भाजीनगर फर्किएपछि उनको घरमा नेताहरूको आवतजावत निरन्तर भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)