मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले अस्थायी घरटहरा बनाइदिने

gorkhapatraonline.com · Wed Nov 22 06:26:09 GMT 2023

काठमाडौँ, मङ्सिर ६ गते । नेपाली कांग्रेसले कात्तिक १७ गतेको जाजरकोट भूकम्पपीडितका लागि एक हजार घरटहरा निर्माण गर्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार श्रमदानमै अस्थायी घरटहरा निर्माण गर्ने निर्णय भएको हो ।

महामन्त्री गगनकुमार थापाको सभापतित्वमा मङ्गलबार बसेको पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका अस्थायी घरटहरा निर्माण अघि बढाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)