मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दशहराः न ‘झिझिया’ को लय न ‘ढोल’ को डिगडिगिया

barnanmedia.com · Wed Sep 24 22:16:58 GMT 2025

मधेसमा महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व भन्नेबितिक्कै बूढापाका मैथिल झिझिया र ढोल सम्झन्छन् । दशहारा पर्वको नवरात्र सुरु हुनासाथ बिहान÷बेलुका बस्तीबस्तीका घरघरै पुगेर ‘ढोल’ (नगरा) को डिगडिगिया (ढोल बज्दाको आवाज) बजाइन्थो । यसले दसैँ घरआँगनमा आएको आभाष हुन्थ्यो, तर पछिल्लो समय दसैँको पर्याय बनेका यी परम्परागत कला लोप हुँदै गएका छन् । भङ्गाहा–४ का ८० वर्षीय वृदेवसिंह दनुवार ढोलको आवाज सुन्न छाडेको एक दशक नै नाघिसकको बताउनुहुन्छ ।

दसैँका बेला बस्तीहरूमा नवरात्रभरि प्रत्येक रात गुञ्जने भिझियाको लय र त्यसको तालको नृत्य पनि बिस्तारै लोप हुँदै गएको र पर्वविशेषको यो चलन मेटिँदै जाँदा दसैँको रौनक नै हराएको उहाँको भनाइ छ । “दशहारा आयो भन्छन्, तर न ढोल बज्छन्, न झिझिया देखिन्छ”, दनुवार भन्नुहुन्छ, “पर्वविशेषका खास परम्परा हराउँदै गएपछि यसको मौलिकता देखिन, सुनिन छाडेको छ । यसले हामीलाई चिन्तित बनाएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)